आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

त्रिभुवन विमानस्थल आसपास धर्ना, प्रदर्शन र जुलुस गर्न नपाइने

त्रिभुवन विमानस्थल आसपास धर्ना, प्रदर्शन र जुलुस गर्न नपाइने

नागरिक पाटी

२९, माघ २०८२
  • 1.5K
    SHARES
  • त्रिभुवन विमानस्थल आसपास धर्ना, प्रदर्शन र जुलुस गर्न नपाइने

    काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला तथा र्याली गर्न रोक लगाएको छ।

    images

    पछिल्ला राजनीतिक गतिविधि र प्रदर्शनका सन्दर्भमा शान्ति सुरक्षा अवस्थालाई सुदृढ तुल्याउँदै चुनावका लागि उपयुक्त वातावरण कायम गर्न यस्तो व्यवस्था गरेको प्रशासनले निकालेको सूचनामा उल्लेख छ।

    केही समूह तथा राजनीतिक दलबाट विमानस्थल क्षेत्र र आसपास प्रदर्शन, भेला तथा र्याली गर्ने भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार भएकोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको सूचनामा भनिएको छ । यस्ता कार्यक्रम गर्नुअघि प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहे पनि अहिलेसम्म कसैले अनुमति नलिएको सूचनामा उल्लेख छ।

    विमानस्थल जस्तो अति संवेदनशील ठाउँको सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रशासनले जनाएको छ । साथै, महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान र नागरिकको सहज आवतजावत सुनिश्चित गर्न पनि यस्तो निर्णय आवश्यक रहेको सूचनामा उल्लेख छ।

    Dao_0pzs7z2g9R.jpg

    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०८२ बिहिवार - १२:३९:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology