आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाउँपालिकामा निबन्ध प्रतियोगिता सम्पन्न, १ नं. वडाकी रोजिना खतिवडा प्रथम

गल्छी गाउँपालिकामा निबन्ध प्रतियोगिता सम्पन्न, १ नं. वडाकी रोजिना खतिवडा प्रथम

नागरिक पाटी

३, फाल्गुण २०८२
  • 3.1K
    SHARES
  • गल्छी गाउँपालिकामा निबन्ध प्रतियोगिता सम्पन्न, १ नं. वडाकी रोजिना खतिवडा प्रथम

    धादिङको गल्छी गाउँपालिकामा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । “बालमैत्री अभियानमा बाल क्लबले दिएको अवसर र मेरो भूमिका” शीर्षकमा आयोजित उक्त प्रतियोगितामा वडा नं. १ की रोजिना खतिवडा प्रथम हुनुभएको छ ।

    images

    गाउँपालिकाको कार्यपालिका हलमा आयोजित उक्त प्रतिस्पर्धामा विभिन्न वडाका १४ जना बालबालिकाहरूले आफ्नो लेखन कला प्रस्तुत गरेका थिए ।

    निर्णायक मण्डलको मूल्यांकन अनुसार वडा नम्बर १ की रोजिना खतिवडा १५४ अँक सहित प्रथम, वडा नम्बर ४ का दिनेश श्रेष्ठ १४८.५ अंक सहित द्वितीय र वडा नम्बर ५ का उमेश सुनार १४७ अंक सहित तृतीय भएका छन् । प्रथम, दृतिय र तृतिय हुनेहरुलाई मेडल, प्रमाणपत्र र कापी प्रदान गरिएको पालिका बालमैत्री सहजकर्ता विपिन मल्लले बताउनुभयो ।

    galchhi 2.jpg

    यसैबिच कार्यक्रमका प्रमुख अतिथि एवं गल्छी गाउँपालिकाका अध्यक्ष श्री केदारनाथ खतिवडाले बालबालिकाहरूको सिर्जनशीलताको प्रशंसा गर्नुभएको छ । उहाँले यस्ता खालको प्रतियोगिताले बालबालिकालाई आफ्नो अधिकार र जिम्मेवारीप्रति सचेत गराउने पनि बताउनुभयो ।

    गल्छी बाल समुह सञ्जालका श्रद्धा रिमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संगिता श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमलाई व्यवस्थित बनाउन अतिरिक्त कार्यक्रम संयोजक विषम श्रेष्ठले संयोजन गर्नुभएको थियो ।
    कार्यक्रममा गाउँपालिकाका विभिन्न क्षेत्रका बालबालिकाहरूका साथै बालमैत्री सहजकर्ताहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३, २०८२ आइतवार - १६:४४:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology