आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गाँजासहित चितवनको इच्छाकामनाका तामाङ पक्राउ

गाँजासहित चितवनको इच्छाकामनाका तामाङ पक्राउ

नागरिक पाटी

४, फाल्गुण २०८२
  • 813
    SHARES
  • गाँजासहित चितवनको इच्छाकामनाका तामाङ पक्राउ

    काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशाला स्थित तिलगंगा सडकबाट प्रहरीले गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ घर भएर हाल गौशाला बस्दै आएका ३६ वर्षीय लाल बहादुर तामाङ छन् ।

    images

    उनको साथबाट ८ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । आइतबार महाशिवरात्रि पर्वमा पशुपति मन्दिर परिसरमा गाँजाको व्यापार गर्न लागेको सूचनाको आधारमा आरोपी पक्राउ परेका हुन् ।

    तामाङले बेच्न हिँडेको अवस्थामा झोलाबाट ४ केजी र डेरा खानतलासी गर्दा ४ केजी गाँजा भेटिएको हो । उनी विरुद्ध प्रहरी वृत्त गौशालाले लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - १८:२४:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology