आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न उमेदवारहरूलाई निर्वाचन आयोगको आग्रह

बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न उमेदवारहरूलाई निर्वाचन आयोगको आग्रह

नागरिक पाटी

८, फाल्गुण २०८२
  • 1.2K
    SHARES
  • बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न उमेदवारहरूलाई निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न प्रतिनिधिसभाका उमेदवारलाई आग्रह गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसारसम्बन्धी सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकी रहेका उमेदवारहरूलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।

    images

    सार्वजनिक बिदाका कारण पनि सो खाता खोल्ने काममा उमेदवारहरूलाई असहज हुनसक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् । उनले उमेदवारहरूलाई खाता खोल्ने काममा बैंकहरूलाई सहजीकरण गर्न पनि आयोगले भनिसकेको उल्लेख गरिन् ।

    आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा चुनावमा हुने खर्च पारदर्शी बनाउनका लागि उमेदवारहरूले बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । 

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ८, २०८२ शुक्रवार - १९:२५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology