आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नीतिगत सुधार र सुशासनको एजेन्डासहित मैदानमा राजेन्द्र प्रसाद पाण्डे

नीतिगत सुधार र सुशासनको एजेन्डासहित मैदानमा राजेन्द्र प्रसाद पाण्डे

नागरिक पाटी

९, फाल्गुण २०८२
  • 2.1K
    SHARES
  • नीतिगत सुधार र सुशासनको एजेन्डासहित मैदानमा राजेन्द्र प्रसाद पाण्डे

    धादिङ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ मा नेपाली कम्युनिस्ट पार्टी का उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले नीतिगत सुधार, सुशासन र दिगो विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।

    images

    गजुरी गाउँपालिकाका विभिन्न वडामा आज आयोजित घरदैलो कार्यक्रममा उनले पार्टीको लामो राजनीतिक संघर्ष, नेतृत्व अनुभव र समाजवादप्रतिको स्पष्ट प्रतिबद्धताले आफूलाई बलियो बनाएको बताए।

    WhatsApp Image 2026-02-21 at 10.49.40 AM.jpeg

    “देशको समृद्धि र समाजवाद स्थापनाका लागि हाम्रो पार्टीले निरन्तर भूमिका खेलेको छ। जनतामा हाम्रो पार्टीप्रति विश्वास बढ्दो छ,” पाण्डेले भने ।
    पाण्डेले कानूनी तथा नीतिगत सुधारलाई पहिलो एजेन्डा बनाउने स्पष्ट सन्देश दिएका छन्। उनका अनुसार जनताले भोगिरहेका प्रशासनिक जटिलता, ढिलासुस्ती र भ्रष्टाचारजन्य प्रवृत्तिको अन्त्य बिना समृद्धि सम्भव छैन।

    “सेवाग्राहीले सास्ती होइन, सहज सेवा पाउनुपर्छ। त्यसका लागि नीतिगत हस्तक्षेप अपरिहार्य छ,” उनले जोड दिए। धादिङ–१ क्षेत्रमा अझै पनि सडक, विद्युत, शिक्षा र स्वास्थ्य पूर्वाधारमा देखिएका समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने योजना उनले सार्वजनिक गरेका छन्।

    WhatsApp Image 2026-02-21 at 4.17.35 PM.jpeg

    उनले विकासलाई कागजी नारा नभई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता दोहोर्‍याए। कृषि उपजको सहज बजारीकरण, पशुजन्य तथा दुग्धजन्य उत्पादनको वैज्ञानिक प्रशोधनमार्फत किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने वातावरण निर्माण गर्ने उनको योजना छ।

    विदेश पलायनलाई चिन्ताजनक विषय ठहर गर्दै उनले भने—“यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य अन्त्य गर्नुपर्छ। अस्पताल, प्राविधिक शिक्षा र कृषि क्षेत्रमा सुधार गरेर देशमै अवसर सिर्जना गर्नुपर्छ।”

    पाण्डेले पपुलिज्मभन्दा माथि उठेर सुशासन, समावेशिता, धर्मनिरपेक्षता र संघीयताको पक्षमा दृढतापूर्वक उभिने बताएका छन्। किसान, मजदूर, दलित, मधेसी र मुस्लिम समुदायको अधिकार संरक्षणमा आफ्नो पार्टी सधैं प्रतिबद्ध रहेको उनको दाबी छ।

    WhatsApp Image 2026-02-21 at 4.16.32 PM.jpeg

    अन्त्यमा उनले भने—“समृद्ध धादिङ निर्माणका लागि मेरो उम्मेदवारी हो। जनताको मतले यो अभियान सफल हुनेछ भन्ने विश्वास लिएको छु।”

    घरदैलो कै क्रममा गजुरी २ मा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल धादिङको जिल्ला कमिटी सदस्य रविन्द्र घले (लुरी) सहित १५ जना युवाहरु नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीलाई उम्मेदवार पाण्डे र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेलले स्वागत गर्नु भयो ।

    WhatsApp Image 2026-02-21 at 1.01.04 PM.jpeg

    धादिङ–१ मा पाण्डेको यो एजेन्डाले चुनावी माहोललाई नीतिगत बहसतर्फ मोड्ने संकेत देखिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - १९:०१:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology