आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

फागुन २१ गते चुनाव हुन्छ : गृहमन्त्री अर्याल

फागुन २१ गते चुनाव हुन्छ : गृहमन्त्री अर्याल

नागरिक पाटी

१२, फाल्गुण २०८२
  • 1.4K
    SHARES
  • फागुन २१ गते चुनाव हुन्छ  : गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते सरकारले चुनाव गराएरै छाड्ने बताएका छन्। उनले वर्तमान सरकारको मुख्य म्यान्डेट नै आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचन रहेको स्पष्ट पारे।  भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो । सोही बमोजिम सरकारले आफ्नो पहिलो प्राथमिकता निर्वाचनलाई बनायो र संवैधानिक व्यवस्थाअनुरुप नै ६ महिनाभित्रै निर्वाचन सम्भव पनि हुँदैछ ।

    images

    यही फागुन २१ गते हुन गइरहेको निर्वाचनका अब केही दिन मात्र बाँकी छन् ।नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले विना कुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्र्दै निर्वाचनमा पूर्ण सुरक्षा प्रबन्ध गरिएको बताए ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०८२ मंगलवार - १२:५९:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology