आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काठमाडौं उपत्यकामा सबै निर्वाचन अधिकृत महिला

काठमाडौं उपत्यकामा सबै निर्वाचन अधिकृत महिला

नागरिक पाटी

१६, फाल्गुण २०८२
  • 1.2K
    SHARES
  • काठमाडौं उपत्यकामा सबै निर्वाचन अधिकृत महिला

    काठमाडौं उपत्यकाका तीन जिल्लामा १५ वटा निर्वाचन क्षेत्र छन् । काठमाडौंमा १०, ललितपुरमा तीन र भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र छ । जहाँ मुख्य निर्वाचन अधिकृत पुरुष छन् भने निर्वाचन अधिकृतहरू सबै महिला छन् ।

    images

    भक्तपुरमा मुख्य निर्वाचन अधिकृत नवराज दाहाल छन् । उनी भक्तपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश हुन् । दाहालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ हेर्छन् ।

    भक्तपुर–२ मा निर्वाचन अधिकृत राधिका सुवाल छिन् । सुवाल जिल्ला सरकारी वकिलको कार्यालय दोखलाकी जिल्ला न्यायाधिवक्ता हुन् ।

    ललितपुरमा मुख्य निर्वाचन अधिकृत पुनाराम खनाल छन् । खनाल ललितपुर जिल्ला अदालतमा जिल्ला न्यायाधीश हुन् । खनालले ललितपुर–३ हेर्छन् ।

    बाँकी दुई वटा निर्वाचन क्षेत्रमा इशा सुवेदी र सम्झना सिम्खडा पुडासैनी निर्वाचन अधिकृत छन् । ललितपुर–१ कि निर्वाचन अधिकृत सुवेदी र ललितपुर–२ कि निर्वाचन अधिकृत पुडासैनी दुवै सर्वोच्च अदालतका इजलास अधिकृत हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०८२ शनिवार - ११:३७:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology