आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

नागरिक पाटी

२१, फाल्गुण २०८२
  • 2.5K
    SHARES
  • शान्तिपूर्ण रुपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

    निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

    images

    आयोगले बिहीबार साँझ मतदान सम्पन्न भएपश्चात् आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।

    उहाँले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण सङुकलन कार्य जारी छ ।”

    उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहकार्य एवम् समन्वय गर्ने नेपाल सरकार, प्रदेश सरकार, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    photo21.jpg
    undefined

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २१, २०८२ बिहिवार - २२:०८:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology