आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एमाले मकवानपुर अध्यक्षको राजिनामा, लामालाई कार्यवाहकको जिम्मेवारी

एमाले मकवानपुर अध्यक्षको राजिनामा, लामालाई कार्यवाहकको जिम्मेवारी

नागरिक पाटी

२४, फाल्गुण २०८२
  • 1.9K
    SHARES
  • एमाले मकवानपुर अध्यक्षको राजिनामा, लामालाई कार्यवाहकको जिम्मेवारी

    नेकपा एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आज बिहान राजीनामा घोषणा गरेका अध्यक्ष श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले पोख्रेललाई पदमुक्त गर्दै कार्यवाहक अध्यक्षमा वर्तमान उपाध्यक्ष हिदम लामालाई जिम्मेवारी दिने निर्णय गरेको सचिव सीता विष्टले जानकारी दिइन् ।

    images

    निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै ११औं अधिवेशनबाट निर्वाचित मकवानपुर अध्यक्ष श्रीधर पोख्रेलले आज बिहान सामाजिक सञ्जालबाट जिम्मेवारीबाट राजीनामा दिएका थिए । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका लामा भीमफेदी गाउँपालिका अध्यक्षसमेत हुन् ।

    पार्टीले बैठकपछि निर्णय सार्वजनिक गर्दै अध्यक्ष पोख्रेलको विगत ५ महिनादेखि पार्टीको नियमित काम र सम्पर्क रहेको अवस्थामा जिम्मेवारीबाट राजीनामा दिएको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको सचिव विष्टले बताइन् । पोख्रेल केही महिना अघि हेटौंडा उपमहानगरपालिका–५, स्थित पार्टी कार्यालय अगाडि स्कुटर दुर्घटनामा घाइते भएपछि पार्टी गतिविधिमा सक्रिय भएका थिएनन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २४, २०८२ आइतवार - १७:५१:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology