आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

नागरिक पाटी

२५, फाल्गुण २०८२
  • 1.6K
    SHARES
  • राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

    राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ सोमबार हुँदै छ । निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।

    images

    सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम हुने जानकारी दिनुभयो । उहाँले गएको माघ ११ गते निर्वाचित राष्ट्रिय सभाका १८ जना सदस्यलाई शपथ समारोहमा उपस्थित हुन सचिवालयले आग्रह गरेको बताउनुभयो । शपथका लागि नवनिर्वाचित सदस्यले निर्वाचित भएको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक/एक प्रतिसहित उपस्थित हुनुपर्ने छ । शपथग्रहणपछि सभाका अध्यक्ष दाहालले धारणा राख्नुहुने छ ।

    सचिवालयले बिदाइ भएर जाने २० जना सदस्यको बिदाइ कार्यक्रमसमेत सोमबार नै राखेको छ । सचिवालयका अनुसार बिदाइ भएर जाने सदस्यको बिदाइ कार्यक्रम अपराह्न ४ बजे बानेश्वरस्थित एक होटेलमा राखिएको छ । सोही कार्यक्रममा नवनिर्वाचित सदस्यलाई ‘लोगो’ दिने र कार्यकाल सकिएका सदस्यलाई मायाको चिनो प्रदान गरिने छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - ०७:३४:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology