आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जनमा रोक

सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जनमा रोक

नागरिक पाटी

२९, फाल्गुण २०८२
  • 1.2K
    SHARES
  • सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जनमा रोक

    काठमाडौं उपत्यकाको फोहर विसर्जनमा बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले अवरोध गरेका छन् । काठमाडौंको फोहोर बिसर्जनस्थल बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जन रोकेका हुन् ।

    काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएकाले फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको एक स्थानीयले जानकारी दिए ।

    यसअघि तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जनको अवरोध हटेको थियो । सो सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडान स्थानीयले लिएका छन् ।

    नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनिवेशी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई रोकेका छन् ।

    images

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०८२ शुक्रवार - ११:५१:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology