आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मकवानपुरमा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु

मकवानपुरमा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु

नागरिक पाटी

२९, फाल्गुण २०८२
  • 694
    SHARES
  • मकवानपुरमा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु

    मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीमा शुक्रबार बिहान ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा कन्टेनर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार, चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–१५, पिपराभिट्टाका चालक गोविन्द चौधरीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०८२ शुक्रवार - १२:२०:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology