आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

नागरिक पाटी

२, चैत्र २०८२
  • 2.1K
    SHARES
  • पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

    नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । अब तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरको १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरको १५२ रुपैयाँ पुगेको छ ।

    images

    दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य लिटरको १७१ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरको १५१ रुपैयाँ पुगेको छ । त्यस्तै पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य लिटरको १६९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेलको मूल्य लिटरको १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण भाउ बढाउनु परेको निगमले जनाएको छ । भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २१६ रुपैयाँले बढाएर नयाँ भाउ पठाए पनि निकै कम दरले इन्धनको मूल्य बढाएको निगमले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २, २०८२ सोमवार - ०७:२८:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology