आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पश्चिमी वायु थप सक्रिय हुँदै, यी स्थानमा हुनेछ वर्षा

पश्चिमी वायु थप सक्रिय हुँदै, यी स्थानमा हुनेछ वर्षा

नागरिक पाटी

५, चैत्र २०८२
  • 1.2K
    SHARES
  • पश्चिमी वायु थप सक्रिय हुँदै, यी स्थानमा हुनेछ वर्षा

    देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघर्गन, असिना र वर्षाको सम्भावना रहेको हो ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ र असिनासहित मध्यम वर्षासँगै हिमपातको सम्भावना छ ।

    कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जनरचट्याङ तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    विभागले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, वाग्मती र कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी तराई भूभागमा आंशिक बादल रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित असिना पानी पर्नेछ । साथै मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ । वाग्मती र कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङरअसिनासहित मध्यम वर्षारहिमपातको सम्भावना छ ।

    यसैबीच, पश्चिमी वायु पुनः थप सक्रिय हुँदै छ । शुक्रबार र शनिबार पश्चिम वायु पुनः थप सक्रिय हुँदा सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्म हावाहुरी, असिना पानी र उच्च हिमाली क्षेत्रमा हिमपातको बलियो सम्भावना रहेको बताईएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०८२ बिहिवार - ०७:३५:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology