आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

नागरिक पाटी

६, चैत्र २०८२
  • 834
    SHARES
  • ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

    देशका विभिन्न प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव बढ्दा हावाहुरी र वर्षाको सम्भावना रहेको हो ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी, कोसी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जनरचट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।

    विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ रअसिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।

    यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ ।

    आजबाट दाङ र नेपालगन्जसहित लुम्बिनीका तराई क्षेत्रआसपासका जिल्लामा तथा भोलि पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरानआसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किमि प्रतिघण्टा) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०८२ शुक्रवार - ०७:३८:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology