आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पाल्पामा टिपर दुर्घटना : तीनजनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना : तीनजनाको मृत्यु

नागरिक पाटी

८, चैत्र २०८२
  • 1.2K
    SHARES
  • पाल्पामा टिपर दुर्घटना : तीनजनाको मृत्यु

    पाल्पाको माथागढी गाउँपालिका–७, रहबासमा शनिबार साँझ टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् । दुर्घटनामा परी अर्घाखाँचीको शितगंगा नगरपालिका–४, सिधाराका चालक चिन्ताबहादुर सुनारको मृत्यु भएको छ । ज्यान गुमाएका अरू दुईजनाको पहिचान खुल्न बाँकी छ । पाल्पाको तानसेन नगरपालिका–१०, पटुवाका ३३ वर्षीय राजन चिदीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    images

    शनिबार बेलुका करिब ६ बजे झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर दुर्घटना भएको हो । टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा चालक सुनारसहित चारजना घाइते भएका थिए । घाइतेलाई उपचारका निम्ति लुम्बिनी मेडिकल कलेजमा पठाइएको थियो । उपचारका क्रममा तीन पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०८२ आइतवार - ०६:४६:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology