आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

नागरिक पाटी

११, चैत्र २०८२
  • 778
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । मंगलबारदेखि जारी बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार, बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

    images

    बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उमेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायत विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने प्रवक्ता चालिसेले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०८२ बुधवार - ०७:२८:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology