आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगरपालिकाद्वारा निजी पशु प्राविधिकहरूको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम प्रदान

धुनिवेशी नगरपालिकाद्वारा निजी पशु प्राविधिकहरूको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम प्रदान

नागरिक पाटी

१२, चैत्र २०८२
  • 4.0K
    SHARES
  • धुनिवेशी नगरपालिकाद्वारा निजी पशु प्राविधिकहरूको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम प्रदान

    धुनिवेशी नगरपालिकाद्वारा निजी पशु प्राविधिकहरूको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । निजी पशु स्वास्थ्य सेवालाई व्यवस्थित, कृषकमैत्री तथा अझ प्रभावकारी बनाउने, साथै आवश्यक नियमन र क्षमता अभिवृद्धिको कार्यलाई अगाडि बढाउने नगरपालिकाको नीतिअनुसार, धुनिवेशी नगरपालिका पशुपन्छी विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत “निजी पशु प्राविधिकहरूको क्षमता अभिवृद्धि तालिम मिति २०८२ चैत्र ०८ गतेदेखि सफलतापूर्वक सञ्चालन भई २०८२ चैत्र १० गते समापन भएको हो ।

    images

    उक्त नीतिअनुरूप पशुपन्छी क्षेत्रमा निजी–सरकारी साझेदारीको अवधारणालाई आत्मसात गर्दै धुनिवेशी नगरपालिकाले नगर क्षेत्रभित्र भेटेरिनरी सेवा प्रदान गरिरहनुभएका २३ जना प्राविधिकहरूलाई सूचीकृत गरेको छ । कार्यक्रमको उद्घाटन समारोहमा धुनिवेशी नगरपालिकाका नगर प्रमुख श्री बालकृष्ण आचार्यले कार्यक्रमको मुख्य उद्देश्य धुनिवेशी नगरपालिकाभित्रका पशुपालक कृषकहरूलाई सरल, सहज, सुलभ तथा गुणस्तरीय पशु स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको जानकारी गराउँदै सम्पूर्ण सूचीकृत प्रशिक्षार्थीहरूलाई क्षमता अभिवृद्धि तथा कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

    2.jpeg

    तालिममा प्रशिक्षकको भूमिकामा केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. टिकाराम खनाल तथा नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख डा. सुरज भण्डारी रहनुभएको थियो । कार्यक्रमको समापन समारोहमा पशुपन्छी विकास शाखा प्रमुख भण्डारीले यो पहल सरकार, निजी प्राविधिक र किसानबीचको सहकार्यलाई मजबुत बनाउने यात्राको सुरुवात भएको कुरा सबैमा अवगत गराउनुभएको छ ।

    कार्यक्रमको अन्त्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विनोद कुमार खनालले सहभागी सूचीकृत प्राविधिकहरूलाई उहाँहरू केवल सेवा प्रदायक मात्र नभई किसानहरूको भरोसाका आधार भएको उल्लेख गर्दै आफ्नो जिम्मेवारी, इमान्दारिता र व्यावसायिकता कायम राख्न सुझाव दिनुभएको छ साथै, उहाँले तालिम सहभागिताको प्रमाणपत्र तथा सूचीकृत प्राविधिकहरूलाई “पशु स्वास्थ्य स्वयंसेवक” लेखिएको टी–शर्ट हस्तान्तरण पनि गर्नुभएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - ०६:३२:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology