आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

नागरिक पाटी

१२, चैत्र २०८२
  • 1.0K
    SHARES
  • इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

    इजरायली सेनाले बिहीबार इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिएको दावी गरेको छ । सेनाले विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलको क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको स्पष्ट पहिचान गरी जवाफ दिएको उल्लेख गर्दै खतरा रोक्नका लागि रक्षात्मक प्रणालीहरू सञ्चालन भइरहेको जानकारी दिएको छ ।

    images

    पहिलो आक्रमण पछि सेनाले स्थानीय वासिन्दाहरुलाई देशका विभिन्न क्षेत्रका संरक्षित ठाउँ छोड्न अनुमति दिइएको थियो । इजरायलको “म्यागेन डेभिड एडम” आपतकालीन चिकित्सा सेवाले आक्रमणमा कुनै हताहतको रिपोर्ट नभएको बताएको छ ।

    सेनाले यसअघि इरानबाट मिसाइल आक्रमण हुने घोषणा गरेको १४ घण्टापछि यो आक्रमण भएको जनाइएको छ । इजरायलमा लेबनानबाट रातारात आक्रमण भएको थियो, जहाँ इरान समर्थित लडाकु समूह हेजबुल्लाहले सैन्य स्थलहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध आक्रमण गरेको दाबी गरेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - १२:५०:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology