आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

नागरिक पाटी

१५, चैत्र २०८२
  • 2.1K
    SHARES
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीको, सोनमा गाउँपालिका–५ खैरबनी गाउँमा मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही गाउँपालिका–४ खेस्राहाका १९ वर्षीय रामजीवन साहको मृत्यु भएको हो ।

    images

    यसैगरी, गुल्मीको चन्द्रकोट गाउँपालिका–४ रिपास्थित सडकमा चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेकोे जिपको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया तुलसी थापाको भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा काठमाडौँबाट हेटौँडातर्फ गइरहेको जिप उदयपुरको त्रियुगा नगरपालिका–११ सङ्गमचोक निवासी ८६ वर्षीय गोरे राईको मृत्यु भएको छ ।

    समाचारकक्षले आज प्रकाशन गरेकोसमाचार बुलेटिनअनुसार सिरहाको धनगढीमाई नगरपालिका–६ मा मुसर्नियाबाट दहीपुरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पैदलयात्री सोही स्थानकी उर्मिलादेवी महतो साँझ मृत्यु भएको छ ।

    चितवनको भरतपुर महानगरपालिका–१२ आस्थाचोकमा मोटरसाइकल दुर्घटना हुँदा तनहुँको रिसिङ गाउँपालिका–३ का २१ वर्षीय टोनबहादुर आलेमगरको मृत्यु भएको छ । रासस

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - १५:५८:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology