आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मेघगर्जनसहित वर्षाको सम्भावना

मेघगर्जनसहित वर्षाको सम्भावना

नागरिक पाटी

१६, चैत्र २०८२
  • 1.2K
    SHARES
  • मेघगर्जनसहित वर्षाको सम्भावना

    नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    विभागका अनुसार, सोमबार दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशभर मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा मधेससहित कोसी प्रदेशको तराई भू–भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

    राति, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १६, २०८२ सोमवार - ०८:०६:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology