आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ

भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ

नागरिक पाटी

२२, चैत्र २०८२
  • 792
    SHARES
  • भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ

    भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्वीप अपरेसन’बाट एकैदिन ६० जनालाई फक्राउ परेका छन् । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा सञ्चालित ‘स्वीप अप्रेसन’मा शनिबार एकैदिन जिल्लाका विभिन्न स्थानबाट ६० जना पक्राउ परेका जानकारी दिए ।

    images

    उनले भने, “यस्ता अप्रेसन विगतमा पनि गरिन्थ्यो, शनिबारदेखि स्वीप अप्रेसन सञ्चालन गरी परिसरअन्तर्गत रहेका जिल्लाका दुई प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेका हौँ । पक्राउ परेका सबैलाई छानबिन गरेर अपराधिक घटनामा संलग्न नभएका पाइएकामा छाड्छौँ ।”

    सार्वजनिक स्थलहरूमा शान्तिसुरक्षा भंग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागुपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शंकास्पद गतिविधि गर्ने ६० जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।

    समाजमा शान्तिसुरक्षा कायम राख्ने मुख्य उद्देश्यले स्वीप अप्रेसन सुरु गरिएको जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि उक्त अप्रेसन सञ्चालन गरिएको बताए । यसले स्थानीयमा डरत्रासको वातावरण अन्त्य हुनुका साथै जात्रालाई सफल बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । रासस

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २२, २०८२ आइतवार - ०७:२८:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology