आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इजरायलद्धारा लेबनानमा घातक हमला, २५० भन्दा बढीको मृत्यु

इजरायलद्धारा लेबनानमा घातक हमला, २५० भन्दा बढीको मृत्यु

नागरिक पाटी

२६, चैत्र २०८२
  • 1.9K
    SHARES
  • इजरायलद्धारा लेबनानमा घातक हमला, २५० भन्दा बढीको मृत्यु

    इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो । बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १०० भन्दा बढी घाइते भएको लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने देशभर १८२ जनाको मृत्यु पुष्टि गरेको छ, यद्यपि यो अन्तिम विवरण नभएको उसले जनाएको छ ।

    images

    राजधानी बेरुतमा मात्रै ९१ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले ‘यस्तो नरसंहार अविश्वसनीय र भयावह’ भएको टिप्पणी गरेका छन् । बुधबार दिउँसो लगातार पाँच पटकसम्म ठूला विस्फोट हुँदा आकाशमा धुवाँका मुस्लाहरू देखिएका थिए ।

    इजरायली सेनाका अनुसार १० मिनेटभित्र बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानका १०० भन्दा बढी सैन्य संरचना र कमाण्ड केन्द्रमा समन्वित आक्रमण गरिएको थियो ।

    यसैबीच, हिज्बुल्लाहले युद्धविराम उल्लंघनको आरोप लगाउँदै उत्तरी इजरायलको मनारा क्षेत्रमा रकेट आक्रमण गरेको जनाएको छ । ‘हाम्रो देश र जनतामाथिको इजरायली–अमेरिकी आक्रमण बन्द नभएसम्म जवाफ जारी रहनेछ,’ हिज्बुल्ला समूहले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    हिज्बुल्लाहले इजरायलतर्फ गत मार्च २ आक्रमण गरेपछि इजरायल आक्रामक देखिएको छ । त्यसपछि इजरायलले हवाई तथा स्थल आक्रमण तीव्र बनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०८२ बिहिवार - ०८:१५:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology