आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गहुँ र चैते धानको मूल्य निर्धारण

गहुँ र चैते धानको मूल्य निर्धारण

नागरिक पाटी

२८, चैत्र २०८२
  • 1.4K
    SHARES
  • गहुँ र चैते धानको मूल्य निर्धारण

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नयाँ सरकार गठन भए लगत्तै मन्त्री गीता चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो ।

    images

    चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल र ३ हजार ९ सय ४५ रुपैयाँ प्रतिक्विटल मूल्य निर्धारण गरिएको हो । यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो ।

    १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ । गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ ८ पैसा वृद्धि भएको हो ।

    गत आर्थिक गत वर्षमा गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धान २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो । सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २८, २०८२ शनिवार - ०९:४२:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology