आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काठमाण्डौ उपत्यकामा ९ महिनामा साढे ४ हजार गाडी दुर्घटना

काठमाण्डौ उपत्यकामा ९ महिनामा साढे ४ हजार गाडी दुर्घटना

नागरिक पाटी

२७, बैशाख २०८३
  • 1.0K
    SHARES
  • काठमाण्डौ उपत्यकामा ९ महिनामा साढे ४ हजार गाडी दुर्घटना

    काठमाण्डाै उपत्यकामा चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ हजार ६ सय ३१ गाडी दुर्घटना भएका छन् ।

    images

    काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ती दुर्घटनामा १७४ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार साउनदेखि चैत समान्तसम्म भएका दुर्घटनामा १८६ जना गम्भीर घाइते र ४ हजार ९२७ जना सामान्य घाइते भएका छन् ।

    दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना १६ वर्षमुनिका रहेका छन् । १६ देखि ३५ वर्ष उमेरसम्मका ८६ जना र ३६ वर्षमाथिका ८१ जना रहेका ट्राफिक प्रहरीले जनाएको छ ।

    यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकामा जाँचमा कडाइ गरेको छ । जाँड–रक्सी खाएर गाडी चलाउनेदेखि अन्य ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारबाहीलाई तीव्रता दिएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २७, २०८३ आइतवार - १६:५५:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology