आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सीतापाइला माविमा इलेक्ट्रिक इन्जिनियरिङ शिक्षकहरूका लागि दुई दिने कार्यशाला

सीतापाइला माविमा इलेक्ट्रिक इन्जिनियरिङ शिक्षकहरूका लागि दुई दिने कार्यशाला

आशिष ठकुरी

२७, बैशाख २०८३
  • 3.0K
    SHARES
  • सीतापाइला माविमा इलेक्ट्रिक इन्जिनियरिङ शिक्षकहरूका लागि दुई दिने कार्यशाला

    काठमाडौं । इलेक्ट्रिकल इन्जिनियरिङ स्कुल्स एसोसिएसनको आयोजनामा इलेक्ट्रिक इन्जिनियरिङ शिक्षकहरूका लागि दुई दिने प्रशिक्षण तथा कार्यशाला अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको सीतापाइलास्थित सीतापाइला माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यशालामा विशेष गरी इलेक्ट्रिकल इन्जिनियरिङको आधुनिक शिक्षण पद्धति र प्रविधिका बारेमा गहन छलफल र प्रशिक्षण दिइएको थियो ।

    images

    दुई दिनसम्म चलेको उक्त कार्यक्रममा विज्ञहरूले प्राविधिक शिक्षण विधि, पाठ्यक्रम विकास, प्रयोगात्मक सीप र नवीनता सँगै अन्तरक्रियात्मक रुपमा सहभागी शिक्षकहरूबीच अनुभव आदानप्रदान पनि गरिएको छ ।

    si1.jpg

    २०७९ सालमा स्थापना भएको इलेक्ट्रिकल इन्जिनियरिङ स्कुल्स एसोसिएसनले प्राविधिक शिक्षाको गुणस्तर सुधार र शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

    शिक्षकहरूलाई भविष्यको प्रविधि र शिक्षण शैलीसँग अभ्यस्त गराउन यो कार्यशाला कोसेढुङ्गा सावित हुने आयोजकले विश्वास व्यक्त गरेको छ । कार्यक्रममा सहभागी शिक्षकहरूले सिकेका सीपलाई कक्षाकोठामा प्रयोग गरी विद्यार्थीहरूलाई दक्ष जनशक्तिको रूपमा उत्पादन गर्न प्रतिबद्ध रहने बताएका छन् । प्रशिक्षण तथा कार्यशालामा विभिन्न विद्यालयका प्राविधिक शिक्षकहरूको सहभागिता रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २७, २०८३ आइतवार - २२:२१:२६ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology