आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पार्टी स्थापना दिवसका दिन प्रथम राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको घोषणा

पार्टी स्थापना दिवसका दिन प्रथम राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको घोषणा

नागरिक पाटी

३०, बैशाख २०८३
  • 960
    SHARES
  • पार्टी स्थापना दिवसका दिन प्रथम राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको घोषणा

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी स्थापनाको दिनको अवसर पारेर पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    images

    केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले अगामी असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । पूर्वसञ्चारकर्मी रवि लामिछानेले २०७९ साल असार ७ गते रास्वपा घोषणा गरेका थिए ।

    स्थापना कालमा रविले आफ्नै नेतृत्वमा २१ जना केन्द्रीय समिति घोषणा गरेका थिए । पार्टी स्थापना गरेको पाँच महिनामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको रास्वपाले ११ लाख ३० हजार लोकप्रिय मत सहित २१ सिट जितेको थियो ।

    पार्टी स्थापना भएको चार वर्ष पुरा नहुँदै गत फागुनमा २१ मा भएको निर्वाचनमा ५१ लाखभन्दा बढी लोकप्रिय मत सहित दुई तिहाइ नजिक अर्थात् १८२ सिट जितेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०८३ बुधवार - ११:५६:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology