आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सदनमा प्रधानमन्त्री आउनुपर्ने माग गर्दै सदन अवरुद्ध

सदनमा प्रधानमन्त्री आउनुपर्ने माग गर्दै सदन अवरुद्ध

नागरिक पाटी

३०, बैशाख २०८३
  • 932
    SHARES
  • सदनमा प्रधानमन्त्री आउनुपर्ने माग गर्दै सदन अवरुद्ध

    प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षीहरूले सदन अवरुद्ध गर्नु भएको छ ।

    images

    बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दै विपक्ष दलका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।

    सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि सांसदहरुले आपत्ति जनाइरहेका छन् ।

    यसैबीच श्रम संस्कृति पार्टी प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर बाहिरिएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राख्नु भएको छ । सभामुखले समय दिएपछि सांसदहरूबिच सवाल जवाफ भइरहेको छ ।

    प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा तोकेको मन्त्रीले जवाफ दिने व्यवस्था रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०८३ बुधवार - १३:२१:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology