नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ । बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने बताईएको छ ।
पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमालेबीच छलफल जारी छ । सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने बताईएको छ ।