आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु

इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु

नागरिक पाटी

६, जेठ २०८३
  • 1.5K
    SHARES
  • इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु

    इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा तीन बालबालिका र तीन महिलासहित १० जना एकैठाउँ मारिएका छन् । यसबाहेक नाबाटिएह र टायर जिल्लामा पनि भएका आक्रमणबाट थप नौ जनाको मृत्यु भएको र २९ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

    images

    पछिल्लो घटना अमेरिकाले लेबनान र इजरायलबीच युद्धविराम ४५ दिनका लागि थप गर्न सहमति भएको घोषणा गरेको एक साता पनि नपुग्दै यो घटना भएको हो । युद्धविराम कायम रहेको भनिए पनि इजरायल र हिजबुल्लाहबीच विशेषगरी दक्षिणी लेबनान क्षेत्रमा निरन्तर गोली हानाहान भइरहेको छ ।

    इजरायलले आफूले हिजबुल्लाहलाई मात्र लक्षित गरेको बताउने गरेको छ । तर आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण पनि मारिने गरेका छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०८३ बुधवार - ०८:२७:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology