आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिबेशीका नागरिकलाई नागढुङ्गा सुरुङमार्गमा रोजगारीको अवसर

धुनिबेशीका नागरिकलाई नागढुङ्गा सुरुङमार्गमा रोजगारीको अवसर

नागरिक पाटी

६, जेठ २०८३
  • 1.8K
    SHARES
  • धुनिबेशीका नागरिकलाई नागढुङ्गा सुरुङमार्गमा रोजगारीको अवसर

    नागढुङ्गा सुरुङमार्ग यही महिनाको अन्तिम सातादेखि परीक्षण सञ्चालन गर्ने तयारी छ। सुरुङमार्ग सञ्चालनको मिति नजिकिएसँगै यसमा आवश्यक पर्ने कर्मचारी भर्ना प्रक्रिया पनि अघि बढाइएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीमा प्राथमिकता दिने उद्देश्यले धादिङको धुनिवेशी नगरपालिकाले स्थानीय बेरोजगार नागरिकहरूबाट अप्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ।

    images

    नगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सुरुङमार्गमा काम गर्न इच्छुक नगरक्षेत्रभित्र स्थायी रूपमा बसोबास गर्ने बेरोजगार व्यक्तिहरूलाई ७ दिनभित्र निवेदन दिन आग्रह गरेको छ। सूचनाअनुसार १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका महिला तथा पुरुष दुवैले यसमा आवेदन दिन सक्नेछन्।

    सुरुङमार्ग सञ्चालन आफैंमा जटिल र प्राविधिक विषय भएकाले प्राविधिक कामको लागि विशेष सीप र शैक्षिक योग्यता भएका व्यक्तिहरू राखिने र अप्राविधिक जनशक्तिको हकमा भने प्रभावित स्थानीयलाई प्राथमिकताका आधारमा सीमित संख्यामा रोजगारी उपलब्ध गराइने नगरपालिकाले स्पष्ट पारेको छ।

    SUCHANA.jpg

    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०८३ बुधवार - ११:४४:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology