आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसले पैदल यात्रुलाई ठक्कर दिएपछि..

गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसले पैदल यात्रुलाई ठक्कर दिएपछि..

नागरिक पाटी

८, जेठ २०८३
  • 1.7K
    SHARES
  • गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसले पैदल यात्रुलाई ठक्कर दिएपछि..

    धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा गजुरी गाउँपालिका–५ निवासी ५२ वर्षीय सोमबहादुर राई रहेका छन्। दुर्घटनामा उनकी श्रीमती ५५ वर्षीया माया राई गम्भीर घाइते भएकी छन्।

    images

    जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार काठमाडौंबाट भारततर्फ जाँदै गरेको युके ०७ पिए १७१८ नम्बरको बसले सडक पार गर्दै गरेका दम्पतीलाई ठक्कर दिएको हो। दुर्घटनापछि घाइते दुवैलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

    गम्भीर घाइते माया राईलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको छ। घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०८३ शुक्रवार - ०७:२६:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology