वाग्मती प्रदेश सरकारका प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारसमक्ष ४९ बुँदे सुझाव पेस गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपाले सुझाव पेस गरेको हो ।
प्रदेशसभा दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारलाई सुझाव बुझाउँदै संघीयताको प्रभावकारी कार्यान्वयन, विकास खर्च वृद्धि, सामाजिक सुरक्षा विस्तार र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएका छन् ।
नेकपाले आफ्नो नेतृत्वमा अघि बढाइएका कार्यक्रमलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेको छ ।