आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट : २० जनाको मृत्यु, ७० जना भन्दा बढी घाइते

पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट : २० जनाको मृत्यु, ७० जना भन्दा बढी घाइते

नागरिक पाटी

१०, जेठ २०८३
  • 2.0K
    SHARES
  • पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट : २० जनाको मृत्यु, ७० जना भन्दा बढी घाइते

    पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् ।आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए।

    images

    प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको थियो भने नजिकैका घरहरूमा पनि क्षति पुगेको छ।

    घटनापछि घटनास्थलमा सेना र प्रहरी परिचालित भएका छन् । अधिकारीहरूले विस्फोटको कारण वा हताहतको संख्याको बारेमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेका छैनन् । रेलमन्त्री मुहम्मद हनिफ अब्बासीले क्वेटामा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १०, २०८३ आइतवार - १४:५३:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology