आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति अठसट्ठी प्रतिशत

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति अठसट्ठी प्रतिशत

नागरिक पाटी

११, जेठ २०८३
  • 1.1K
    SHARES
  • सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति अठसट्ठी प्रतिशत

    बर्सौंदेखि पहिरो र चट्टान खस्ने जोखिमका कारण त्रासको यात्रा बन्ने गरेको सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र अब सुरक्षित यात्रातर्फ अघि बढिरहेको छ । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाले भौतिकतर्फ ६८ प्रतिशत प्रगति हासिल गर्दै आगामी सेप्टेम्बरसम्म सुरुङमार्गबाट सवारी सञ्चालन गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ ।

    images

    सिद्धार्थ राजमार्गमा निर्माणाधीण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो । आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार हालसम्म वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँचबर्से निर्माण अवधि तय गरिएको आयोजनामा इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमार्फत काम भइरहेको छ । जस अन्तर्गत डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीलाई दिइएको छ ।

    आयोजनाको प्रारम्भिक चरणमा भने कानुनी र प्राविधिक जटिलताले काम प्रभावित भएको थियो । नेपालमा पहिलो पटक प्रयोग गरिएको इपिसी मोडलका कारण डकुमेन्टेसनमा समस्या देखिएको थियो भने रुख कटान अनुमति, बजेट व्यवस्थापनलगायतका काममा ढिलाइ हुँदा निर्माणले अपेक्षित गति लिन सकेको थिएन । अहिले ती अधिकांश समस्या समाधानउन्मुख रहेको आयोजनाले जनाएको छ ।

    सुरुङसँगै सडक निर्माणको काम पनि अघि बढाइएको छ । सुरुङ सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा सुरक्षित संरचना र भिर संरक्षणका काम गरिने छन् । पैदलयात्रुका लागि सुरक्षित संरचनाभित्र बाटो पनि बनाइने र बाहिरी भागमा खानेपानी व्यवस्थापनसमेत गरिने योजना छ ।

    सुरुवाती अनुमान अनुसार करिब १० अर्ब रुपियाँ लागत लाग्ने भनिएको आयोजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब सात अर्ब रुपियाँमा सम्झौता गरिएको थियो । आयोजना सम्पन्न भएपछि बुटवल–पाल्पा सडकखण्डको यात्रा अझ सुरक्षित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०८३ सोमवार - ११:३३:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology