आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोटमा सडकबाट करिब १५० मिटर तल जिप खस्यो, एक जनाको मृत्यु

नुवाकोटमा सडकबाट करिब १५० मिटर तल जिप खस्यो, एक जनाको मृत्यु

नागरिक पाटी

१५, जेठ २०८३
  • 2.4K
    SHARES
  • नुवाकोटमा सडकबाट करिब १५० मिटर तल जिप खस्यो, एक जनाको मृत्यु

    नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको सनाखत गरिएको प्रहरीले जनाएको छ ।

    images

    दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार ढिकुरेबाट काठमाडौँ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०८३ शुक्रवार - ०७:१३:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology