आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

देशका केही स्थानमा वर्षाको सम्भावना

देशका केही स्थानमा वर्षाको सम्भावना

नागरिक पाटी

१८, जेठ २०८३
  • 1.2K
    SHARES
  • देशका केही स्थानमा वर्षाको सम्भावना

    देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

    images

    कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहने पूर्वानुमान छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपालनजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले प्रस्ट पारेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०८३ सोमवार - ०७:१३:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology