आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कस्तो हुनेछ मौसम ?

कस्तो हुनेछ मौसम ?

नागरिक पाटी

२२, जेठ २०८३
  • 1.2K
    SHARES
  • कस्तो हुनेछ मौसम ?

    देशका केही स्थानमा आज तातो हावाको लहर चल्ने सम्भावना छ । केही प्रदेशका केही स्थानमा तातो दिन हुनेछ । जल तथा मौसम विज्ञान विभागले दिउँसो मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने बताएको छ ।

    images

    कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको छ । यी स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि हुने पूर्वानुमान छ ।

    कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    विभागले राति कोसी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल बताएको छ । पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

    कोसी प्रदेशको थोरै स्थानमा र मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०८३ शुक्रवार - ०७:३३:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology