आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

नागरिक पाटी

२३, जेठ २०८३
  • 1.0K
    SHARES
  • नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

    धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ उत्कृष्ट जिल्ला शाखाका रूपमा सम्मानित भएको छ।

    images

    नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले शाखाको संगठनात्मक सक्रियता, सदस्यता नवीकरण, साधारणसभा सञ्चालन तथा पत्रकारहरूको हकहित र पेशागत अधिकार संरक्षणमा खेलेको प्रभावकारी भूमिकाको मूल्याङ्कन गर्दै धादिङ शाखालाई उत्कृष्ट घोषणा गरेको हो।

    बागमती प्रदेश समितिका अनुसार महासंघ अन्तर्गतका जिल्ला शाखामध्ये धादिङ शाखाले संगठनात्मक जिम्मेवारीहरू सफलतापूर्वक सम्पन्न गर्दै सक्रिय र उदाहरणीय कार्यसम्पादन गरेको आधारमा सम्मान प्रदान गरिएको हो।

    सम्मान प्राप्तिपछि नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले यसले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल उच्च बनाउनुका साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई अझ सशक्त बनाउन प्रेरणा प्रदान गरेको बताए ।

    उक्त सम्मानलाई धादिङका पत्रकारहरूको सामूहिक मेहनत, एकता र संगठनप्रतिको प्रतिबद्धताको कदरका रूपमा लिइएको छ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०८३ शनिवार - २०:५१:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology