धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशनबाट राजन अर्याल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। निर्वाचन प्रक्रियामार्फत सम्पन्न अधिवेशनमा ज्वालामुखी गाउँपालिकाका निवासी तथा रास्वपा बागमती प्रदेश कमिटी सदस्य अर्यालले निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठक र अर्का उम्मेदवार रामकुमार थपलियालाई पराजित गर्दै सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्।
त्यस्तै, जिल्ला उपसभापति पदमा श्रवण त्रिपाठी निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी लिला श्रेष्ठलाई पराजित गरेका हुन्।
जिल्ला सचिव पदमा राम भण्डारी विजयी भएका छन्। उनले कल्पना श्रेष्ठ र विदुर अधिकारीलाई पछि पार्दै सफलता हासिल गरेका हुन्। यस्तै, सहसचिव पदमा श्रीराम आचार्य निर्वाचित भएका छन्। उनले राजेन्द्र कडेललाई पराजित गरेका हुन्।
प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठन विस्तार, पार्टीको सिद्धान्तलाई जनस्तरसम्म पुर्याउने तथा जिल्लामा पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।