आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आगामी २४ घण्टाको मौसम

आगामी २४ घण्टाको मौसम

नागरिक पाटी

२६, जेठ २०८३
  • 1.2K
    SHARES
  • आगामी २४ घण्टाको मौसम

    देशका केही स्थानमा तातो दिन हुँदा केही स्थानमा भने वर्षा हुनेछ । हिमाली र पहाडी भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना छ । तराईमा तातो हावाको लहर चल्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ ।

    images

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपात हुनेछ ।

    लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना  छ ।

    विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेससहित बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा मधेस र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०८३ मंगलवार - ०८:१६:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology