आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दुई मन्त्री सुधन र महावीरले लिए शपथ

दुई मन्त्री सुधन र महावीरले लिए शपथ

नागरिक पाटी

२६, जेठ २०८३
  • 1.8K
    SHARES
  • दुई मन्त्री सुधन र महावीरले लिए शपथ

    राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले सुधन गुरुङ र महावीर पुनलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।

    images

    प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री नियुक्तिको सिफारिस गरेका थिए । उनले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्तिको सिफारिस गरेका थिए ।

    यसअघि गृहमन्त्री सुधन गुरुङ नै थिए । उनको राजीनामापछि प्रधानमन्त्री आफैँले मन्त्रालय सम्हालेका थिए । त्यस्तै, नवप्रवर्तन मन्त्रालय नयाँ गठन गरिएको थियो । सुधन गोरखाबाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट निर्वाचित हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०८३ मंगलवार - १८:२०:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology