आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

नागरिक पाटी

२७, जेठ २०८३
  • 1.9K
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

    संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ ।

    images

    अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ ।

    बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

    तर, आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित छैन । प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०८३ बुधवार - ०६:४२:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology