आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

त्रिकुटेश्वरी माध्यमिक विद्यालयको विज्ञान तथा इलेक्ट्रिकल प्रयोगशालाको उद्घाटन

त्रिकुटेश्वरी माध्यमिक विद्यालयको विज्ञान तथा इलेक्ट्रिकल प्रयोगशालाको उद्घाटन

नागरिक पाटी

२९, जेठ २०८३
  • 2.6K
    SHARES
  • त्रिकुटेश्वरी माध्यमिक विद्यालयको विज्ञान तथा इलेक्ट्रिकल प्रयोगशालाको उद्घाटन

    धादिङ । धुनिवेशी नगरपालिकास्थित त्रिकुटेश्वरी माध्यमिक विद्यालयको स्कुल अफ इलेक्ट्रिकल इन्जिनियरिङ अन्तर्गत स्थापना गरिएको विज्ञान तथा इलेक्ट्रिकल प्रयोगशालाको उद्घाटन गरिएको छ । धुनिवेशी नगरपालिका र शेषकान्त फाउण्डेशनको सहयोगमा निर्मित प्रयोगशालाको नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख सुरज उप्रेतीले संयुक्त रूपमा रिमोटको माध्यमबाट विद्युत् बत्ती प्रज्वलन गरी प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

    images
    111111.jpg

    उक्त प्रयोगशालाको उद्घाटनसँगै विद्यालयमा सञ्चालन भइरहेको “सिक्दै कमाउँदै“ कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले निर्माण गरेका विद्युतीय बत्तीहरूको बिक्री शुभारम्भ समेत गरिएको छ ।

    कार्यक्रममा विद्यार्थीहरूले व्यावहारिक शिक्षालाई आत्मसात् गर्दै आफैंले उत्पादन गरेका विद्युतीय सामग्रीहरू पनि प्रदर्शन गरेका थिए । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा सीप विकास, उद्यमशीलता प्रवद्र्धन तथा प्राविधिक शिक्षाप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पुग्ने शेषकान्त फाउण्डेशनका जिवनाथ ढकालको भनाई छ ।

    1111111.jpg

    विद्यालयले प्राविधिक शिक्षालाई व्यवहारिक र उत्पादनमुखी बनाउन विज्ञान तथा इलेक्ट्रिकल प्रयोगशालाको स्थापना गरेका विद्यालयका प्रधानाध्यापक रमेश कडेँलले बताउनुभयो । यसबाट विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सीप हासिल गरी भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुधे मिजारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०८३ शुक्रवार - १९:०४:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology