आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विपी राजमार्ग बस दुर्घटनाका मृतक ८ जनाकै पहिचान

विपी राजमार्ग बस दुर्घटनाका मृतक ८ जनाकै पहिचान

नागरिक पाटी

३०, जेठ २०८३
  • 1.6K
    SHARES
  • विपी राजमार्ग बस दुर्घटनाका मृतक ८ जनाकै पहिचान

    काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा रोशी गाउँपालिका वडा नं. ६ का अन्दाजी ७३ वर्षीय मेघ बहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय ईन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

    मृतक इन्द्र बसका साहु पनि हुन । त्यस्तै रोशी गाउँपालिकाको वडा नं. ७ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा र वडा नं. ८ बस्ने ६० वर्षीया प्यारीमाया तामाङको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार दैलेख घर भई हाल नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. ४ बस्ने २२ वर्षीया सुमी लामाको मृत्यु भएको छ ।

    दुर्घटनामा परेका घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बनेपाबाट बीपी राजमार्गबाट रोशी ८ खार्पाचोक हुदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको थियो ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकका आफन्तहरूलाई सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०८३ शनिवार - १४:२४:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology