आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगा–मलेखु सडक खुला राख्न हेभी इक्विपमेन्टसहित द्रुत प्रतिकार्य टोली परिचालन

नागढुंगा–मलेखु सडक खुला राख्न हेभी इक्विपमेन्टसहित द्रुत प्रतिकार्य टोली परिचालन

नागरिक पाटी

६, आषाढ २०८३
  • 3.1K
    SHARES
  • नागढुंगा–मलेखु सडक खुला राख्न हेभी इक्विपमेन्टसहित द्रुत प्रतिकार्य टोली परिचालन

    धादिङ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा मनसुनजन्य विपद् तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।

    images

    सडक विभाग तथा सम्बद्ध आयोजनाका अनुसार वर्षायाममा सडक अवरुद्ध हुन सक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी एस्काभेटर, ब्याकहो लोडर, टिपर लगायतका हेभी इक्विपमेन्ट तथा आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको छ।

    सडक खण्डलाई चार भागमा विभाजन गरी पहिरो नियन्त्रण तथा राजमार्ग सुचारु राख्ने संयन्त्र तयार पारिएको आयोजनाले जनाएको छ। झ्याप्ले खोला, चारकिला, सत्किला, कमेरे भिर, चिरौँदी पुल, जारेखेत, चालिसे र परेवा भिरलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ।

    विपद्को समयमा यात्रु तथा स्थानीयले सिधै सम्पर्क गर्न सक्ने गरी आयोजनाले आवासीय इन्जिनियरदेखि मेसिन अपरेटरसम्मको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।

    मौसम प्रतिकूल भएका बेला सावधानीपूर्वक यात्रा गर्न तथा सडक अवरुद्ध भएमा सम्बन्धित निकायलाई तत्काल जानकारी दिन आयोजनाले अनुरोध गरेको छ।

    727680342_4451191988459895_7456854197738595456_n_g4rf2mjwrp.jpg
    द्रुत प्रतिकार्य टोली परिचालन

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०८३ शनिवार - १८:५९:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology