आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ट्रकसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

ट्रकसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

नागरिक पाटी

८, आषाढ २०८३
  • 974
    SHARES
  • ट्रकसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

    चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिव गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

    images

    अतिथि पार्टी प्यालेसनजिकै भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

    ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका ३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ८, २०८३ सोमवार - ०८:१८:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology