आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने

कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने

नागरिक पाटी

९, आषाढ २०८३
  • 2.1K
    SHARES
  • कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारेका छन् । चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई मङ्गलबार सम्बोधन गर्दै उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताए ।

    images

    लामिछानेले पुराना र नयाँ सबै साथीहरूलाई आफ्नो योग्यता र क्षमता अनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको उल्लेख गरे । पार्टीले कसलाई भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको भन्दै उनले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्न आग्रह गरे । 

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०८३ मंगलवार - १७:१०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology