गएराति वर्षासँगै खसेको पहिरोले अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएका छन् । पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सन्चालनमा आएको प्रहरीले जनाएको छ ।
कान्ति लोकपथ भने अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ । अहिले काठमाडौं उपत्यकाबाट भित्रिने र बाहिरिने सबै नाका सामान्य रहेको छ ।