आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ

नागरिक पाटी

१, श्रावण २०८३
  • 3.2K
    SHARES
  • नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ

    नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही साउनभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न भएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो ।

    images

    सुरुङमार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण भइसकेको सडक विभागअन्तर्गतको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

    आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले सुरुङमार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भइरहेको र आउँदो ११ वा १२ गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ ।

    यो सुरुङमार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको हो । परियोजनाको कुल लागत झन्डै २२ अर्ब रुपैयाँ रहेको छ । सुरुङमार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ ।

    परियोजनाको मुख्य सुरुङको लम्बाइ २।६८ किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपत्कालीन सुरुङ पनि निर्माण भएको छ । सुरुङमार्गसँगै पहुँच सडक, फ्लाईओभर, पुल तथा अन्य सहायक संरचना पनि बनेका छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०८३ शुक्रवार - २०:५६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology